पौष १० मा नयाँ सरकार, को बन्ला प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पौष १० मा नयाँ सरकार, को बन्ला प्रधानमन्त्री

काठमाडौं, ३ पौष । देशले पौष १० गतेभित्र नयाँ सरकार पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न सात दिनको समय दिएपछि पौष १० गते साँझ ५ बजेसम्म नयाँ सरकारको टुंगो लाग्ने भएको हो ।

दलहरुबीच प्रधानमन्त्रीको दौड तिव्र भइरहँदा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न आव्हान गरेकी हुन् । संविधानको धारा ७६ (२) बमोजिम दाबी पेश गर्न आव्हान गरिएको उल्लेख छ ।

कुनैपनि प्रतिनिधि सभा सदस्यले बहुमत प्रस्तुत गर्न नसके सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ । तर, त्यस्तो प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । नसके फेरि बहुमत पु¥याउने अवसर दिइन्छ । त्यो सम्भावना पनि अन्त भएमा प्रधानमन्त्रीले नयाँ निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्न सक्ने व्यवस्था संविधानमा छ ।

संसदमा कसैको पनि बहुमत छैन । संविधान बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानमन्त्रीको दौडमा गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल छन् । गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्ने सम्भावना न्यून रहेपनि एमाले अध्यक्ष केपी शर्मा ओली दाबेदार हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);