राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सरकार गठनका लागि दलहरुले दावी पेश गर्न सकेनन् ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सरकार गठनका लागि दलहरुले दावी पेश गर्न सकेनन् ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ पौष ०९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि तोकेको समय सकिन लागेको छ। गत आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि सात दिन भित्र दावि पेश गर्न सुचित गर्नु भएको थियो , तर राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा कुनैपनि दलले दाबी पेश गर्न सकेका छैनन् ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि बहुमत जुटाएर दाबी पेश गर्न सकेको छैन । सत्ता गठबन्धनको प्रमुख हिस्सेदार माओवादी केन्द्रले सरकारको नेतृत्व गर्न नपाए गठबन्धन नै तोडिन सक्नेसम्मको संकेत गरिरहेको छ।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सिटमध्ये सरकार गठनका लागि १३८ सांसद चाहिन्छ जुन गठबन्धनसँग अपुग छ। बहुमत जुटाउनका लागि गठबन्धनले साना दल र स्वतन्त्र उम्मेदवारहरु संगको लविङलाई पनि तीव्रता त दिएको छ तर कुन दल सरकारमा जाने टुंगो छैन । नेकपा एमाले पर्ख र हेरको अवस्थामा छ।

सरकारको नेतृत्व गर्न माओवादी अध्यक्ष प्रचण्डले सशक्त दाबी गरेपछि कांग्रेसलाई सरकार निर्माणमा सहमति जुटाउन सकस परेको हो। कांग्रेस संसदको पहिलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ तर आफूले हतारो गर्दा कतै गठबन्धनै तोडिन होकी भन्ने त्रास कांग्रेसमा छ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न कांग्रेस राष्ट्रपतिले दिएको समयसिमा भित्र सरकार गठन गर्ने तयारीमा त छ तर सरकारको नेतृत्वमा माओवादीको पनि सशक्त दाबेदार भएका कारण कांग्रेसलाई सहमती जुटाउन कठिन छ। राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा संविधाको धारा ७६ को उपधारा २ बमोजिम सरकार निर्माण हुन नसक्ने देखिदैन यस्तो अवस्थामा सोही धारा अन्तरगत कै सरकार बनाउन राष्ट्रपति समक्ष थप समय माग्ने गठबन्धनको तयारी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);