प्रधानमन्त्री ओलीकाे पद तथा गोपनीयताको शपथ आज | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीकाे पद तथा गोपनीयताको शपथ आज

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

त्यसअघि, संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइएकामा निर्धारित समय बिहीबार राति ९ बजेसम्म कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यो नियुक्तिसँगै ओली तेस्रो पटक प्रधानमन्त्री बनेकाे हो । त्यसअघि, ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा सदनको विश्वास लिन नसकी आवश्यक बहुमत जुटाउन नसक्दा पदमुक्त भएका थिए ।

नव नियुक्त प्रधानमन्त्री ओलीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);