ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी

kp oli

काठमाडौं,३ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गर्ने तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले आफ्ना सांसदको हस्ताक्षरसहित ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आज राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गर्न लागेका हुन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रले १ सय ७४ सिट जितेका छन् । कुनै एक दलको वहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा वहुमत प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । एमालेले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपनि सांसदहरुले सपथ खान बाँकी रहेका कारण संसदीय दलको नेता भने चयन गरिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);