प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैलीप्रति प्रचण्ड चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैलीप्रति प्रचण्ड चिन्तित

काठमाडौं, ६ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैली प्रति चिन्ता व्यक्त गरेका छन् । ३ नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा गरेको नीजि क्षेत्र संगको अन्तरक्रियामा बोल्दै नेकपाका अध्यक्ष दाहालले संविधान अनुसार प्रदेश सरकारलाई दिएको अधिकार र कर्मचारीको पुरानै कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका हुन् ।

अधिकारको प्रत्यायोजनमा पर्याप्त ध्यान नदिंदा प्रदेशका आर्थिक अधिकार कमजोर हँुदै जाने र राज्य संचालनको व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन सक्ने भन्दै उनले यसबारे प्रतिपक्षी दलहरुसंग पनि गम्भीर विमर्श गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

उनले भने ‘प्रदेश कमजोर हुँदै जाने हुन कि ? प्रदेश लावारिश हुँदै जाने, निरीह हुँदै जाने, प्रदेशको हातमा राज्यको अधिकार या विकासको अधिकार या बजेटको अधिकार, आर्थिक अधिकारहरु संकूचित हुँदै जाने र केही बर्षपछि यो बेकारको परिवर्तन रैछ भनेर फेरी अर्को खालको अराजकता अर्को खालको निरंकुशता तिर देश जाने हो कि भन्ने मलाई चिन्ता अल्लि बढी लाएको छ ।’

अध्यक्ष दाहालले कर्मचारीलाई आफ्नो राजनीतिक अभिष्ट अनुसार चलाउन नसकेकोमा पनि असन्तुष्टि जनाए । कर्मचारी तन्त्रको शैलीमा परिर्वतन नआउनुमा कर्मचारीको नभई राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाई थियो । कार्यक्रममा नीजी क्षेत्रका प्रतिनिधिहरुले प्रदेशस्तरमा नीजी क्षेत्रको सहभागीता सुनिश्चितताको साथै लगानीको वातावरण बनाउन आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);