भ्रातृ संगठनको संगठनात्मक एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भ्रातृ संगठनको संगठनात्मक एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउने नेकपाको निर्णय

bam

काठमाडौं, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रातृ संगठनको संगठनात्मक एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शीर्ष तहबाटै पहल थाल्ने भएको छ ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदलको सुझावलाई आधार मानेर भ्रातृ र शुभेच्छुक संगठनको एकता अघि बढाउने निर्णय गरेको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साँढे २ महिना बितिसक्दा पनि पार्टी भ्रातृ संगठनबीचको एकता प्रक्रिया अन्यौलमा परेपछि नेकपाले एकता पक्रिया चाडै टुंग्याउने निर्णय गरेको हो । त्यसको स्पष्ट खाका बनाउन बिहिबार दिउँसो २ बजे पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनैतिक र अन्तराृष्ट्रिय सम्बन्धका बिषयमा ब्रिफिङ पनि गरेका थिए ।  पार्टीको विधान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने छ । यसअघि नै नेकपाले भदौ ५ गते भित्र संगठनको एकीकरणको काम सम्पन्न गर्ने गरि आन्तरिक सर्कुलर समेत जारी गरिसकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);