नेकपा र कांग्रेस सांसदबीच भनाभन (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेकपा र कांग्रेस सांसदबीच भनाभन (भिडियो सहित)

samsad jhagada

काठमाडौं, २३ साउन । अन्तरवार्ता दिदै गर्दा सांसदहरुबीच झण्डै हात हालाहाल भएको छ । माउण्टेन टेलिभिजनको कार्यक्रकम आजको सन्दर्भमा कुरा गर्दै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विशाल भट्टराई र कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’बीच भनाभन भएको हो ।

‘यो सरकार राष्ट्रियता देखि जनजीविकाका सवालमा पूर्णत असफल भएको छ,’ कांग्रेस सांसद स्नेहीले भने, ‘लिपुलेकको मुद्धा चीन र भारतको भ्रमणमा प्रधानमन्त्रीले उठाउनु भएन, महंगि नियन्त्रण देखि समान्य नागरिकका सवाल समेत संबोधन गर्न सक्नुभएन ।’ उनले प्रधानमन्त्रीले अरुलाई नैतिकताका प्रश्न उठाउने गरेपनि आफू नैंतिक हुने प्रयास समेत नगरेको अरोप लगाए । ‘यदी प्रधानमन्त्रीसँग अलिकति पनि नैंतिकता छ भने सबै कुरामा असफल भएपछि पदमा बसिरहनु उपयुक्त हुँदैन,’ रसाइलीले भने ।

नेकपा सांसद भट्टराईले भने सरकारको मूल्यांकन गर्ने समय नैं नभएको बताए । ‘पाँच वर्षका लागि निर्वाचित भएको सरकारले जम्मा पाँच महिना पुरा भएको छ,’ भट्टराईले भने, ‘अहिले नैं सरकार असफल भयो भन्ने, काम गर्न नदिने र सरकारलाई ‘राष्ट्रवादी’ भन्दै खिसिट्युरी गर्ने काम भइरहेको छ ।’

भट्टराईले राष्ट्रवादी भनेर खिसिट्युरी भनेको बताएपछि कांग्रेस सांसद स्नेहीले नक्कली राष्ट्रवादीलाई खिसिटिउरी हुनु स्वभाविक भएको बताए । त्यसपछि दुइसांसदबीच झण्डै हातहालाहालको अवस्था आएको हो ।

हेर्नुहोस यो भिडियो :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);