पार्टी एकता प्रक्रिया छिटो टुंगोमा पुर्‍याउने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी एकता प्रक्रिया छिटो टुंगोमा पुर्‍याउने एमालेको निर्णय

UML

काठमाडौं, २४ पुष । नेकपा एमालेले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा छिटो टुंगोमा पुर्‍याउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्‍याउने औपचारिक निर्णय गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा आलीको निवास बालकोटमा बसेको बैठकले कार्यदल बनाएर पार्टी एकता प्रक्रियालाई गतिदिन मंगलबार अपरान्ह पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको छ ।

मंगलबार अपरान्ह पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकता प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउने निर्णय लिइएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले आईतबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटवारे बिफ्रिङ गर्दै पार्टी एकता प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउन ढिलाई गर्न नहुने बताएका छन् ।

बैठकले चिसो तथा शीतलहरको मारमा परेका देशका विभिन्न भागमा तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

यसैगरी एमालेले मूल्यवृद्धिको विरुद्धमा आन्दोलन गरिरहेका विद्यार्थी तथा युवा संगठनका नेताहरुलाई प्रहरीले हस्तक्षेप गरी घाइते बनाएकोमा भत्सर्ना गर्दै घाईतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । एमालेले नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध पारेर सरकारले आफ्नो आयू लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);