गुठि संस्थानको सम्पती र जग्गाको सम्पुर्ण विवरण उपलब्ध गराउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

गुठि संस्थानको सम्पती र जग्गाको सम्पुर्ण विवरण उपलब्ध गराउन माग

guthi sansthan2

सीता शर्मा
काठमाडौं, ५ साउन । दिनप्रतिदिन गुठीका जग्गा अतिक्रमण हुन थालेपछि सरोकारवालाहरुले गुठीका जग्गा र सम्पती सम्बन्धी सम्पुर्ण विवरण खोज्न थालेको छन् । सम्पदा संरक्षणमा लागेका व्यक्ति र गुठियारहरुले आइतबार गुठि संस्थानलाई ज्ञापन पत्र बुझाउदै गुठि संस्थानको स्थापना कालदेखीका विवरण र हाल गुठिको सम्पुर्ण सम्पत्ती के कति छ भनी आफुहरुलाई सुचना उपलब्ध गराउन माग गरेका हुन् ।

गुठिसंग सम्बन्धित धर्म संस्कृति मास्न जनप्रतिनिधी र सरकार नै लागेको भन्दै सम्पदा संरक्षणका अभियन्ताहरुले आइतबार गुठि संस्थान कार्यालय त्रिपुरेश्वर अगाडि प्रदर्शन गरेका छन् । साथै राजनीतिको आडमा दिनप्रतिदिन गुठिको जग्गा अतिक्रमण गर्न लागिएको हुनाले अभियन्ताहरुले गुठीको सम्पत्ति सम्बन्धी सम्पुर्ण विवरण उपलब्ध गराउन माग गरेका छन् ।

गुठि संस्थान स्थापना हुँदाका बखत २०२९ सालमा गुठि संस्थानको नाममा रहेको कुल सम्पती र जग्गा साथै हाल गुठि संस्थानको कुल सम्पती र जग्गा लगायतको सम्पुर्ण विवरण उपलब्ध गराउन ज्ञापन पत्र मार्फत गुठि संस्थान संग माग गरीएको छ ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त समिति र सम्पदा संरक्षणका अभियन्ताहरुले गुठीको सम्पत्ति सम्बन्धी सम्पुर्ण विवरण प्राप्त भए कुन कुन व्यक्तिहरुको समयमा कति जग्गा अतिक्रमण भएको भनी अध्ययन गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउन र कालो सुचना राख्न सहयोग पुग्ने बताएका छन् । सरकारले गुठि विधेयक फिर्ता लिएपनि यसलाई गम्भिर रुपमा नलिएको गुठियारहरुको दाबी छ । स्थानीय जनप्रतिनिधी नै गुठिको जग्गा अतिक्रमणमा लागेको हुनाले यो नरोकिए सम्म आफुहरु संघर्षमै रहने अभियानहरुको भनाई छ ।

ज्ञापन पत्र बुझाउँदै गुठि संस्थानका अध्यक्ष मिनप्रसाद चौधरीले देशभर ६९ जिल्ला गुठि रहेको र ति गुठिका सम्पती विवरण अध्यावधिक गर्नका लागि समय लाग्ने हुनाले जतिसक्दो छिटो माग अनुसारका विवरण उपलब्ध गराउन प्रयास गर्ने प्रतिबध्ता जनाएका थिए । अध्यक्ष चौधरीले गुठिका जग्गाहरु संस्थानले संरक्षण गर्न खोजेपनि अन्य सरकारी संयन्त्र र राजनीतिक दबाबमा त्यसलाई संरक्षण गर्न नसकेको बताएका छन् । गुठिको जग्गामा राजनीतिक पहुँचको आधारमा अतिक्रमण भएकाले आफुहरुको प्रयास पनि असफल भएको उनको भनाई थियो ।

पछिल्लो समय गुठि सम्बन्धी विवाद बढीरहेको छ । गुठिका जग्गा अतिक्रमण हुँदा गुठियार पटक पटक आन्दोलीत बनेका छन् । शनिबार मात्र काठमाडौको वडा न १२ मा विद्यालयले गुठिको जग्गा अतिक्रमण गरेको भन्दै गुठियारहरुले निमार्णधिन जग्गामा आगजनी र तोडफोड गरेका थिए । त्यसैले अब सरकारले सरोकारवालासंग छलफल गरी गुठि सम्बन्धी नँया ऐनमार्फत यो समस्यालाई समाधान गर्नु टडकारो आवश्यकता बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);