गुठी संस्थानले उद्देश्य अनुुरुप काम गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

गुठी संस्थानले उद्देश्य अनुुरुप काम गर्न सकेन

काठमाडौं, २९ पुस । देशभरका गुुठीको संरक्षणका लागि स्थापना भएको गुठी संस्थानले उद्देश्य अनुुरुप काम गर्न सकेको छैन् । संस्थानले संरक्षण गर्न नसक्दा देशभर ५० हजार रोपनी जग्गा अतिक्रमणमा परेको छ । गुठी संस्थानले भने स्थानीय प्रशासनको असहयोगको कारण अतिक्रमणमा परेका जग्गा फिर्ता हुन नसकेको दावी गरेको छ ।

गुुठी संस्थानको स्थापना भएको ५५ वर्ष भई सकेको छ । स्थापनाको पाँच दशक भन्दा बढी समय भइसक्दापनि गुुठी संस्थानले अहिलेसम्म अतिक्रमणमा परेका गुठीका जग्गाको एकिन विवरण संकलन गर्न सकेको छैन ।

गुठी संस्थानका ६९ जिल्लामा १४ लाख ५० हजार रोपनी जग्गा रहेको छ । लगभग ५० हजार रोपनी जग्गा मठ, मन्दिर, पार्टी तथा पौवाको नाममा अतिक्रमीत भएको छ । भने गुुठी संस्थानसँग आफ्नै भुुमि कहाँ कति अतिक्रमणमा परेको छ भने जानकारी छैन् ।

गुुठी संस्थानसँग अतिक्रमणमा परेको जग्गाबारे यकिन विवरण नहुुँदा कानुुनी उपचारको बाटो अपनाउनमा समेत समस्या देखिएको छ । स्थानीय प्रशासन तथा निकायका असहयोगका कारण अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन नसकेको गुुुठी संस्थानका कानुुनी सल्लाहकार ज्ञानेन्द्र प्रसाद पोखरेलको भनाई छ ।

नेपाल सरकारले गुुठी सम्पतिबाट प्राप्त हुने गुुठी रकम राज्यकोषबाट अलग गरी छुुट्टै निकायमार्फत व्यस्थापन र सञ्चालन गर्ने र गराउने उद्देश्यका साथ बिस. २०२१ सालमा स्थापना गरिएको थियो ।

संस्थानले हालसम्म पनि आफ्नो लक्ष्य अनुुरुपको काम गर्न नसकेको जग्गा अतिक्रमण बिवादले नै प्रष्ट पार्दै आएको देखिन्छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);