माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावली सहित)

maoist

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको नामावली माओवादीले सार्वजनिक गरेको छ ।

प्रदेश नम्बर २ मा एकजनाको नाम अझै टुंगो नलागेको माओवादी केन्द्रले जनाएको छ ।  माओवादीका अध्यक्ष प्रचण्ड सहितको शीर्ष नेताको बैठकले मंगलबार १३ जना उम्मेदवारी टुंगो लगाएको हो ।

माओवादीले नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । थापा प्रदेश नम्बर ३ बाट खुल्ला तर्फको उम्मेदवार बनेका छन् भने शर्मालाई प्रदेश नम्बर ४ बाट खुल्लातर्फ उम्मेदवार बनाइएको छ ।

यी हुन् माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेदवार

प्रदेश १
१. बीना पोखरेल (महिला)

प्रदेश २
२. शशिकला दाहाल (महिला)
३. टुंगो लगाउन बाँकी

प्रदेश ३
४. रामबहादुर थापा ‘बादल’ (खुला)
५. गंगा पराजुली (महिला)

प्रदेश ४
६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बि.क. (दलित)

प्रदेश ५
८. राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
९. चन्द्र बहादुर खड्का (खुला)

प्रदेश ६
१०. जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
११. युटुल लामा (महिला)
१२. कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश ७
१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);