प्रदेश २ मा उम्मेद्वार टुंग्याउन यसकारण ढिलो गर्दैछ माओवादी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

 

काठमाडौं, १६ भदौ । असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा माओवादी केन्द्रले अन्य दलसँग चुनावी तालमेलका कारणउम्मेद्वार घोषणामा ढिलाइ गरेको छ । मनोनयन गर्न ६ दिनमात्र बाँकी छँदा माओवादी उम्मेद्वार चयनमा छलफलकै क्रममा छ ।

 

माओवादीले प्रदेश नं. २ का १३६ तह एक्लै जित्न नसक्ने भएकाले तालमेलको पर्खाइमा बसेको इन्चार्ज मातृका यादवले बताए। ‘हामीले जित्न सक्ने १०७ तहमा उम्मेद्वारको टुंगो लगाइसकेका छौं,’ यादवले भने, ‘अरु करिब ३० तहका लागि तालमेल गर्नुपर्ने भएकाले उम्मेद्वार घोषणामा ढिलाई गरेका हौं।’

 

माओवादीले प्रदेश नम्बर २ मा अन्या दलसँग चुनावी तालमेका लागि छलफल भइरहेको जनाएको छ। ‘हामीले तालमेलका लागि दलहरुसँग निरन्तर छलफल गरिरहेका छौं,’ यादवले भने, ‘सहमति भएमा ढिलोमा १७ भदौैसम्म सबै तहका उम्मेदवार घोषणा गरिसक्छौं।’ माओवादीले कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) सँग तालमेल गर्ने तयारी गरेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);