नेकपाले लगायो राष्ट्रियसभा उम्मेदवारको टुंगो (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेकपाले लगायो राष्ट्रियसभा उम्मेदवारको टुंगो (नामावलीसहित)

nekapa ummedbar

काठमाडौं, १८ पुस । नेकपाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । पार्टी प्रवक्ता श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको जानकारी दिनुभयो । नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको हो । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार शीर्ष नेता डाक्टर बेदुराम भुषाल प्रदेश नम्बर ३ बाट उम्मेदवार चयन हुनु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवारहरुमा प्रदेश १ बाट इन्दु गौतम, गोपी अछाम र देवेन्द्र दाहाल, प्रदेश–२ बाट तुलसा दाहाल र राधेश्याम पासवान प्रदेश ३ बाट गंगा वेल्वासे, गण्डकी प्रदेशबाट भगवती न्यौपाने उम्मेदवार चयन हुनु भएको छ ।

यसैगरी प्रदेश ५ बाट विमला घिमिरे , जगप्रसाद शर्मा र गोपाल भट्टराई , कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा विसि तथा सुदुरपश्चिमबाट तारामान स्वार र शारदा भट्ट उमेद्वार हुनु भएको छ ।

नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय गरिसकेको छ । एकजना राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । १८ राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);