राष्ट्रिय सभाको निर्वाचनका लागि राजपाले टुंगायो उम्मेदवारको नामावली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रिय सभाको निर्वाचनका लागि राजपाले टुंगायो उम्मेदवारको नामावली

rajapa

काठमाडौं, १९ पुस । राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बसेको राजपाको बैठकले दुई उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ मा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार चयन गरेको छ ।

राष्ट्रिय सभाका रिक्त १८ पदका लागि राजपाले सत्तारुढ नेकपासँग २ सिटमा तालमेल गरेको छ । १८ सिटमा हुने निर्वाचनमा राजपाले नेकपालाई १६ र नेकपाले राजपालाई २ सिटमा सघाउने छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले आइतबार मनोनय दर्ता गर्नेछन् । यहि पुष २१ गते उम्मेदवारको विरोध उजुरी, २४ गते नाम फिर्ता र २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);