कांग्रेस र मधेशवादी दलको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस र मधेशवादी दलको बैठक बालुवाटारमा जारी

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा मधेशवादी दलसँग छलफल सुरु गरेको छ ।
रोल…
कांग्रेसले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका नेतालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सिट बाँडफाँट सम्बन्धी छलफल सुरु गरेको हो । बैठक अहिले जारी रहेको छ । राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८ जना निर्वाचित हुनेमा राजपाले २ नम्बर प्रदेशमा पाँच सिट माग गरेको छ ।

राष्ट्रिय सभाका ५६ सिटमध्ये ४३ सिटमा वाम गठबन्धनले जित्ने पक्कापक्की छ । बाँकी १३ सिट कुन दलले कति लिने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचन अन्र्तगत भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर नेपाली कांग्रेसले अहिलेसम्म ७ नम्बर वाहेकका प्रदेशमा उम्मेद्वारको टुंगो लगाएको छैन ।

कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले प्रदेश नम्बर ७ बाट खुलातर्फ बद्री पाण्डे, महिलातर्फ तारादेवी भट्ट, दलिततर्फ शेरीराम पार्की र अपांगतर्फ छत्रराज जोशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । बाँकी प्रदेशमा मधेशवादी दलसँगको सिट बाँडफाँडपछि उम्मेदवार चयन गरिने काँग्रेस नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);