काठमाण्डौं–तराई द्रुतमार्ग निर्माणको काम सन्तोष जनक रहेन | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

काठमाण्डौं–तराई द्रुतमार्ग निर्माणको काम सन्तोष जनक रहेन

kathamandu tarai

काठमाडौं, ९ माघ । वन तथा भुसंरक्षण मन्त्री विक्रम पाण्डेले काठमाण्डौं–तराई द्रुतमार्ग निर्माणको काम सन्तोष जनक नरहेको बताएका छन । स्थलगत निरिक्षण पछि मन्त्री पाण्डेले द्रुतमार्ग निर्माणको स्थलगत अवलेकन गर्दा सोचेको जस्तो प्रगति नभएको बताए ।

अहिलेकै गतिमा काम भए यस आयोजना समय अवधी भित्रै सम्पन्न नहुँने मन्त्री पाण्डेको दाबी छ । मन्त्री पाण्डेले द्रुतमार्गको कामलाई अगाडि बढाउँन विस्तृत परियोजना प्रतिवेदनको जरुरत नभएको र डि.पी.आर निमार्णको तयारमा सेना लाग्नु अर्थहिन रहेकोसमेत बताए ।

निजगढमा बनाउँने भनिएको अन्तराष्ट्रिय विमानस्थल र बाराको निजगढमा जोडिने दु्रतमार्गको कामको स्थलगत निरिक्षण गर्न मन्त्री पाण्डे, वन विभागका महानिदेशक कृष्ण प्रसाद आचार्य, क्षेत्रिय निर्देशक शिव वाग्ले, जिल्ला वन कार्यलय बाराका प्रमुख भैरव प्रसाद घिमिरे लगायतको टोली निजगढ पुगेका थिए ।