फास्ट ट्रयाक निर्माणको काम सन्तोष जनक नभएको सरकारको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फास्ट ट्रयाक निर्माणको काम सन्तोष जनक नभएको सरकारको निष्कर्ष

काठमाडौं, ९ माघ । सरकारले तराइ मधेससँग जोड्ने काठमाडौं–तराई दु्रतमार्ग र निजगढमा निर्माणाधिन विमानस्थलको निर्माण सन्तोष जनक नभएको निष्कर्ष निकालेको छ ।

भूमिसुधार मन्त्री विक्रम पाण्डेको नेतृत्वमा गएको अनुगमन टोलीले नेपाली सेनाले जिम्मा लिएको फास्ट ट्रयाक निर्माणको काम सुस्त गतिमा भइरहेको निष्कर्ष निकालेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले कुनै कसर बाँकी नराखेको भन्दै मन्त्री पाण्डेले द्रुत गतिमा काम गर्न आग्रह गरे ।

उनले दु्रतमार्ग बनाउन सेनालाई डि.पी.आरको आवश्यक नरहेकाले चार वर्ष भित्र आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले अन्तराष्ट्रिय विमानस्थल बनाउँन टाँगिया बस्तीको उचित व्यवस्थापन गरिने आश्वासन समेत दिए । उनले आयोजना स्थल भित्र बसोबास गर्ने १ हजार चार सय ७६ घरधुरी परिवारलाई सरकारले पुर्नबास गराउने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);