निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं,१४ माघ । निर्वाचन आयोगले यही माघ २४ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचन  अन्तर्गत आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै छ । निर्वाचन आयोगले उजुरी छानविन गरेर आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्न लागेको हो । राष्ट्रिय सभाका ५६ सिटमा हुने निर्वाचनका लागि विभिन्न ९ दलका ८३ जना उम्मेद्वारले गत १० गते उम्मेद्वारी दर्ता गराएका थिए ।

ती मध्ये नेकपा एमालेका प्रदेश नम्बर ४ का अपांग तथा अल्पसंख्यक कोटाका उम्मेद्वार रामबहादुर थापाको उम्मेद्वारी खारेज भएको छ ।आयोगले नामावली प्रकाशनपछि उम्मेदवारहरुलाई नाम फिर्ता दिन समय दिइने र भोलि अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिइने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);