पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक : रामचन्द्र पौडेल

चितवन, १९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

चितवनको रत्ननगरमा भएको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई विकृतिमुक्त र देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभएको हो । पौडेलले ‘विरालो कुटेको सबैले देख्ने तर दुध चोरेको कसैले नदेख्ने’ भन्दै बाहिर नेताहरु लडेको जस्तो देखिने र भित्रको वास्तविकता कसैले नदेख्ने गरेको बताउनुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाको समेत चर्को आलोचना गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गर्दै एकढिक्का भएर आगामी निर्वाचनका लागि तयार हुन भन्दै ९ बुँदे लिखित प्रस्ताव गर्दा पनि सभापति देउवाले आफ्ना सुझावहरु सम्बोधन नै नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सभापति जी हाम्रो पार्टीमा खिचोमिचो केही नराख । आउँदो चुनावको सामना गर्न सक्ने कांग्रेस बनाएर जानुपर्छ । सबै कुराहरु छलफलमा लगेर टुंगो लगाएर एक भइ अगाडी बढेर जनतामा जाउँ भनेर ९ बुँदे प्रस्ताव बुझाए । तर जवाफ प्रतिक्षा धेरै भयो आएन् ।’

वरिष्ठ नेता पौडेल समूहले पार्टीको केन्द्रीय कार्यसमिति बैठक समेत पटक पटक बहिस्कार गर्दै आएको छ । आफ्नो मागहरु सम्बोधन पुरा नहुँदासम्म बैठकमा सहभागि नहुने अडान पौडेल पक्षले लिएको छ ।

संस्थापन पक्षले भने बहुमतका आधारमा निर्णय गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । शनिबार राष्ट्रियसभा निर्वाचनका लागि पनि उम्मेदवारको टुंगो लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);