उम्मेदवारको नामले राजपामा विवाद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उम्मेदवारको नामले राजपामा विवाद

काठमाडौं, २८ पुष । निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । तर, ती नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको छ ।

राजपाले बुझाएको बन्दसूचीमा ५४ जनाकै नाम मधेसी समुदायबाट क्लस्टरबाट मात्रै राखेको थियो । त्यसमा मधेसी, थारू, दलित, खसआर्य, मुस्लिमको क्लस्टर छुट्टाछुट्टै बनाउनुपर्ने थियो । दलले एउटै समुदाय वा जातीय क्लस्टरको सूची बुझाए पनि आयोगले दललाई सच्च्याउन निर्देशन दिनुपर्ने थियो । त्यस्तो केही नगरी आयोगले सबै सूची मधेसी कोटालाई स्वीकार गरेको थियो ।

राजपाले प्रदेश २ मा १० सिटमा सात महिला र तीनजना पुरुषलाई मधेसी कोटाभित्रका पनि दलित, मुस्लिम, थारू र मधेसीको क्लस्टर मिलाएर नाम पठाएको थियो । तर, आयोगले सूचीमा मधेसी मात्रै भएको भन्दै १० सिटमा सातजना महिला र तीनजना पुरुषलाई क्रमसंख्याअनुसार पठाउन पत्र पठाएको छ ।

तर, राजपाभित्र अहिले आयोगको पत्रअनुसार गर्ने कि नगर्ने भन्नेमा विवाद छ । मधेसका दलित, मुस्लिम र थारू आयोगको पत्र स्वीकार गर्न नहुने बताइरहेका छन् भने केही मधेसी नेता भने आयोगको पत्रअनुसार नामावली पठाउनुपर्ने तर्क गरिरहेका छन् ।

तर, राजपाभित्र अहिलेसम्म समानुपातिकको नाम टुंगो लगाएर आयोगमा बुझाउनेबारे निर्णय हुन नसकेको महासचिव केशव झाले जानकारी दिए । झाका अनुसार आयोगको गलत कदमविरुद्ध अदालत जाने कि भन्नेबारे पनि छलफल भइरहेको छ ।

त्यसैगरी, प्रदेश नम्बर ५ को बन्दसूचीमा पनि थारू र खर्सआयलाई मधेसी लेखिएको छ । समानुपातिकमा पाएको एक सिटमा खसआर्य महिला पठाउनुपर्ने हुन्थ्यो । तर, राजपाले मुस्लिम पुरुष मोहम्मद कादिर शेख पठाएको छ । सूचीअनुसार विना पन्तको नाम पठाउनुपर्ने थियो ।

त्यस्तै, प्रदेश नम्बर ७ पुरुषलाई महिला भनिएको छ । समानुपातिक बन्दसूचीमा अम्वादत्त तिवारी पुरुष हुन् तर थारू महिलामा नाम लेखिएको छ र कृष्णकुमारी राना महिला हुनुपर्नेमा पुरुषमा सूचीकृत गरिएको छ । राजपाले उक्त प्रदेशमा पाएको एक सिटमा सुनीता चौधरीको नाम पठाएको थियो । तर, आयोगले उनको सट्टा क्रमसंख्याको सुरुमा रहेकी मालामाति राना पठाउन भनेको छ ।

राजपाले आयोगसँग छलफल गर्ने
राजपा अध्यक्षमण्डलले आयोगसँग छलफल गर्न लागेको छ । राजपाका नेताहरूले दिएको जानकारीअनुसार शुुक्रबार महन्थ ठाकुरसहितको टोली आयुक्तहरूसँग छलफलका लागि जान लागेको छ । ठाकुरसहितको एक पक्ष प्रदेश २ का १० वटा सिट आयोगले दिएको निर्देशनअनुसार बन्दसूचीको क्रमसंख्याअनुसार नै पठाउने मनस्थितिमा छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);