कास्की,२२ पुस । जुवातास खेल्दै गरेको अवस्थामा कास्की र कञ्चनपुरबाट १४ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै,कञ्चनुरको भिमदत्त नगरपालिका–३ जामिरगाडास्थित जङ्गलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढा समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४२ हजार ६ सय ४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।