सालकको खपेटासहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

सालकको खपेटासहित २ जना पक्राउ

सुनसरी,२२ पुस । सालकको खपेटासहित २ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका–३ घर भएका २८ वर्षीय सन्दिप राई र धरान उपमहानगरपालिका(१६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि तामाङलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply