२१ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

२१ जना जुवाडे पक्राउ

 काठमाडौं,१९ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । गोकर्णेश्वतर नगरपालिका–६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद  ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, भक्तपुर, भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका–९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै,कास्कीको पोखरा महानगरपालिका–४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका–१५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र  १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);