नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोह पक्राउ

काठमाडौं, २० कात्तिक । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आईतवार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट,नक्कली श्रमस्वीकृति,प्लस टुको नक्कली सर्टिफिकेट,नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २ सय ९६ कागजातहरु बरामत गरेको छ । प्रहरीले गिरोहले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);