ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दाङ, २६ कार्तिक । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सबार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा मंगलबार राति ८ बजेतिर ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षीय दिनेश घर्ती रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकको खोजी भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);