ट्यांकरको ठक्करबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

ट्यांकरको ठक्करबाट एकको मृत्यु

नितेश कर्ण
वीरगन्ज । वीरगन्जमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

एलपीजी ग्याँस बोकेको ट्यांकरको ठक्करबाट वीरगन्ज महानगरपालिका वडा नम्बर २५ को ड्राइपोर्ट बहुअरी चोकमा एक जना साइकल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताए ।

एलपीजी ग्याँस बोकेको ट्यांकरको ठक्करबाट साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नम्बर २ निवासी लालबाबु साह तेलीको घटनास्थलमै मृत्यु भएको हो ।

बहुदरमाईबाट वीरगन्ज आउँने क्रममा ड्राइपोर्ट बहुअरी चोकमा ट्यांकरले पछाडीबाट साहलाई ठक्कर दिएको प्रत्यदर्शीहरुको भनाई छ ।

ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको एलपीजी ग्याँस बोकेको ट्यांकर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);