सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

सप्तरी । सप्तरी नवरात्रकाे पहिलाे दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको  छ। बिहानैदेखि भगवतीको दर्शन तथा पूजाआजा गर्न  शक्तिपीठहरूमा भक्तजनकाे घुइँचाे लाग्दै आएकाे छन् ।

राजविराज-७ कि पूजा यादवले भनिन्,´दसैँको चहलपहल रमाइलो नै पूजापाठ हो। दशै शुरू भएदेखि प्रत्येक वर्ष मन्दिर आएर पूजा नगरेसम्म चित्तै बुझ्दैन।’ गत वर्ष कोरोनाको कारण उनी मन्दिर आउन सकेकी थिइनन्। यस पटक भने घटस्थापनाकै दिनदेखि जिल्लमा भएको सबै शक्तिपीठहरूमा पूजा गर्नका लागि पालैपालो पुग्ने उनको लक्ष्य छ।

राजविराज -७ कि मीना दास बिहानै उठ्छिन्। नुहाइधुवाइ गरी घरको पूजाआजा सकेर मन्दिरतिर लाग्छिन्। मन्दिरहरूमा पूजा गरेर मात्रै घर फर्किन्छिन् ।

उनी  भन्छिन् , ´अन्य समयमा चाहेर पनि मन्दिर जान सकिँदैन । कोरोनाले गत वर्ष पनि जान सकेकी थिइँन्। यस पटक  छिन्नमस्ता, कंकालनी, राजदेवी र चण्डी भगवती मन्दिर पुगिसकेँ ।’ राजविराज-७ बस्ने ७५ वर्षीया गंगादेवी श्रेष्ठ दुई वर्षपछि घटस्थापनादेखि नियमित मन्दिर गइरहेकी छिन्। उनले भनिन् ,´ मेरो घर नजिकै भगवती मन्दिर छ ।दिनहुँ मन्दिरमा पूजा गरेर मात्र मेरो खाने बानी छ ।’ 

कोरोना महामारीले दुई वर्षदेखि उनी मन्दिर जान पाएकी थिईनन्। मन्दिर जान नपाउँदा के पुगेन,के पुगेन,जस्तो उनलाई लाग्थ्यो। तर, अहिले दसैँकाे बहानामा दिनँहु मन्दिर जान पाउँदा आनन्द लागेको उनको भनाइ छ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवती मन्दिर, भारदहस्थित कंकालनी मन्दिर, राजविराजस्थित राजदेवी चण्डी भगवती मन्दिर , बोदेबरसाईनको दुर्गा मन्दिर लगायतका शक्तिपीठहरूमा भक्तजनक‍ो भिड लागेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);