कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा हिजो बेलुकी ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 

आइतबार बेलुकी साढे ८ बजे भारतिय नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।

Leave a Reply