चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’मा नेपालको साथ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’मा नेपालको साथ : प्रचण्ड

prachanda-bri

ललितपुर, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी गर्नु भएको छ । अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठने गरी सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षा अनुसार काम सरकारले गर्न नसकेको स्विकार गर्नु भयो ।

अध्यक्ष दाहालले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);