'सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्नुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

‘सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्नुपर्छ’

काठमाडौं, १४ जेठ । सांसदहरुले सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका सम्बन्धमा मंगलबार गरेको अन्तरक्रियामा सहभागी सांसदहरुले प्रेससंग सम्बन्धीत निकायलाई स्वायक्तता प्रदान गरि प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्ने गरि सरकारले कानुन बनाउनुपर्ने धारणा राखेका हुन् ।

उनीहरुले संविधान, अन्तर्राष्ट्रिय मुल्य मान्यता र नेपाल पक्ष राष्ट्रभएका सन्धि, अभिसन्धीहरुलाई ध्यानमा राखेर ऐन बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले संविधान र अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित सरकारले कलम चलाए वापत प्रेस जगतलाई दण्ड गर्ने नियतले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँले प्रेस अधिकारलाई स्वीकार गर्ने प्रजातान्त्रिक मुलुकहरुले अन्तर्राष्ट्रिय तहको मुल्य मान्यता तथा संविधानलाई आधार बनाएर ऐन निर्माण गर्नुपर्ने बताउनुभयो । संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकमा राखिएकाले त्यसको प्रत्यााभुति सरकारले दिनुपर्ने तर्क उहाँले गर्नुभयो ।

मिडिया काउन्सिलको संरचना, आफैले कानुन बनाउने आफैले नियमन गर्ने र दण्ड दिने जस्ता विषय समावेश भएकाले सैद्धान्तिक विचलनको रुपमा विधेयक आएको उहाँले तर्क गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधानमा व्यवस्था गरे बमोजिम सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्नुपर्ने बताउनुभयो । राज्य नियन्त्रित मिडिया काउन्सिलले स्वतन्त्र प्रेसको प्रत्याभुति गर्न नसक्ने भएकाले स्वायक्त निकायको रुपमा स्थापित गर्नुपर्ने उहाँको धारणा थियो । नेकपाका राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम नगर्न प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानको मर्म विपरित पुरै मिडियालाई नियन्त्रण गर्ने ढंगले विधेयक आएको भन्दै आवश्यक संशोधन राखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रेसलाई अंकुश लगाउने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको विरोधमा आन्दोलनरत पत्रकार महासंघले मंगलबार सांसदहरुसंग अन्तरयक्रिया गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);