शिवको पूजाआराधना गरी देशभर महाशिवरात्री पर्व मनाइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

शिवको पूजाआराधना गरी देशभर महाशिवरात्री पर्व मनाइयो

फूलमाया आले

काठमाडौं, १ फागुन । महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाआराधना गरी देशभर मनाइएको छ । शिवरात्रीका दिन पशुपतिनाथको दर्शन गर्न ठूलो संख्यामा दर्शनार्थी पाशुपत क्षेत्र पुगका थिए । तर उचित व्यवस्थापन नहुँदा दर्शनार्थीले सास्ती बेहोर्नु पर्यो ।

शिवजी उत्पत्ति भएको रातको रुपमा शिवरात्री पर्व मनाउने प्रचलन छ । शिव पुराणमा उल्लेख भए अनुसार चार रात्री कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रीमध्ये एक पवित्र रात्री शिवरात्री हो । यस दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

यही विश्वासकासाथ पशुपतिनाथको दर्शन गर्न देशका विभिन्न स्थान देखि भारतबाट समेत आएका दर्शनार्थीले दर्शनका लागि सास्ती बेहोर्नुपर्यो । पशुपति क्षेत्र विकास कोषले दर्शनका लागि सहज व्यवस्था मिलाएको दाबी गरे पनि दर्शनार्थी घण्टौं लाइन लाग्नुपर्यो ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । यसैले लामो समयसम्म लाइन बसेर दर्शन गरेका दर्शनार्थीले पनि देशको शान्ति र राजनीतिक स्थायित्वका लागि कामना गरेको प्रतिक्रिया दिए ।

आजको दिन महादेवलाई जाडो हुने विश्वासका साथ घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तन गर्ने चलन छ । साथै सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);