प्रदेश १ लाई भ्रष्टाचार मुक्त प्रदेश घोषणा गर्ने राईको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेश १ लाई भ्रष्टाचार मुक्त प्रदेश घोषणा गर्ने राईको प्रतिबद्धता

काठमाडौं, १ फागुन । प्रदेश नम्बर १ का एमाले संसदीय दलका नेता शेरधन राईले प्रदेश १ लाई भ्रष्टाचार मुक्त प्रदेश घोषणा गर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै नेता राईले प्रदेश नम्बर १ लाई भ्रष्टाचारमुक्त बनाउनु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।

आगामी बिहिबार प्रदेश मुख्य मन्त्रीको सपथ लिने कार्यक्रम रहेको जानकारी गराउँदै उनले भ्रष्टाचारलाई शुन्यमा झारि सुशासन कायम गर्देै प्रदेशवासीलाई सामाजिक सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने आश्वासन दिएका छन् ।

भ्रष्टाचारलाई शुन्यमा झार्नका लागि आफुले कठोर कदम चाल्ने उनले उद्घोष गरे ।नेता राईले आफुले सानो र छरितो आकारको मन्त्रीपरिषद् बनाउने जानकारी दिए ।

उनले एक नम्बर प्रदेश कृषि, पर्यटन, जलविद्युत सबै हिसावले सम्भावना बोकेको प्रदेश भएकोले सोही अनुसार आफूले काम गर्ने जनाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);