राष्ट्रपति भण्डारीले गरिन् पशुपतिनाथको दर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिनाथको दर्शन

आज रातिसम्म करिव ११ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान

काठमाडौं, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह साँढे ४ बजे महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट राष्ट्रपति भण्डारीले टिकाप्रसाद समेत ग्रहण गरेकी थिइन् ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी पुगेको पाँच मिनेट पछि ४ बजेर ३५ मिनेट जाँदा उपराष्ट्रपति पुनले पशुपतिनाथको दर्शन गरेक थिए । उनले पनि पूजारीबाट टिकाप्रसाद ग्रहण गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।

महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथमा भारतका समेत गरी दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्दछ । यस वर्ष झनै दर्शनार्थीहरुको घुइँचो बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज रातिसम्म करिव ११ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।

मन्दिर प्रवेशका लागि दर्शनार्थीहरुलाई मित्रपार्क, जयबागेश्वरी र पिंगलास्थानबाट व्यवस्था मिलाइएको छ भने भित्र पुगेपछि पाँच वटा लाईनको व्यवस्था गरिएको पनि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले बताए । शिवरात्रीको अवसर पारेर भारतबाट समेत भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);