राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं, २० फागुन । राहत कोटाका शिक्षकहरुको आन्दोलनमा सोमबार प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । गतवर्ष आमरण अनसनसहितको आन्दोलनमा उत्रिएका अस्थायी तथा राहत शिक्षकहरुसँग त्यतिवेलाको सरकारले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहति गरेको थियो । तर, पछि वर्तमान सरकार आएपछि त्यो सहमति कार्यान्वयन नभएपछि फेरि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार अस्थायी तथा राहत कोटाका शिक्षकहरुको आन्दोलन बानेश्वरपुरी निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । गतवर्ष पढाइ छोडेर आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि वर्तमान सरकार गठन भएलगत्तै देखि उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् । अहिले उनीहरु सरकारलाई विगतमा भएको सम्झौता पालना गर्न र विभेदकारी नीति खारेज गर्न माग गरिरहेका छन् ।

गत वर्ष आन्दोलन हुँदै आमरण अनसनसम्म पुगेपछि तात्कालिन देउवा सरकारले अध्यादेश जारी गरि एक पटकका लागि आन्तरिक प्रतिस्पर्धा र ‘गोल्डेन ह्यान्सेक’ लागु गर्नेगरि कानुन ल्याएको थियो ।

कानुन ल्याएर देउवा सरकारकै निर्णय अनुसार शिक्षा आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि आयोग समेत खुलाएको थियो । तर, परीक्षाको मुखमा विद्यार्थी आन्दोलन भएपछि ओली सरकारले त्यो परीक्षा रद्ध गरिदिएको थियो ।

त्यसपछि शिक्षकहरुले पुनः आन्दोलन गर्दै आएका छन् । ओली सरकारको निर्णयपछि खुल्ला प्रतिस्पर्धाका लागि आयोग खुलाएपनि राहत शिक्षकहरु त्यसका विरुद्ध आन्दोलनमै छन् । उनीहरुले आन्दोलन अघि विभिन्न राजनीतिक नेतृत्वको ध्यानाकर्षण समेत गराइरहेका छन् ।

यही फागुनको पहिलो हप्ता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकका माग पुरा गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने समेत आश्वासन दिएका थिए । तर आश्वासन अनुसार माग सम्बोधन गराउन पहल नभएपछि शिक्षकहरु अघिल्लो सरकारका शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलनमा छन् ।

आन्दोलनका क्रममा आइतबार र सोमबार शिक्षक र प्रहरीबीच झडप भएको छ । विद्यार्थी पढाउनुपर्ने शिक्षक आन्दोलनमा छन् । अस्थायी तथा राहतका शिक्षकहरु झण्डै ४० हजारको हाराहारीमा छन् ।

उनीहरुलाई खुशी बनाउनु बेरोजगारको व्यवस्थापन मात्र नभएर भोटको राजनीतिसँग पनि जोडिएको विषय हो । त्यसैले पनि हरेक पार्टीले शिक्षकका माग पुरा गरेको श्रेय लिन खोजिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);