आज हिन्दू नारीहरुको महान् पर्व तीज, हर्षाेल्लासका साथ मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज हिन्दू नारीहरुको महान् पर्व तीज, हर्षाेल्लासका साथ मनाइँदै

यता, पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाइएको जनाएको छ । कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको पनि बताएको छ ।

काठमाडौँ, १६ भदौ । आज हिन्दु नारीहरुले महान पर्व तीज,देशैभरका शिव मन्दिरहरुमा ब्रतालुहरुको घुइँचो लागेको छ । यसै अवसरमा पशुपतिनाथ मन्दिरमा पनि ब्रतालु महिलाहरुको बिहानैदेखि घुइँचो लागेको छ । महिलाहरुले पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका छन । तीजको दिन ब्रत बसे मनले चिताएको पुग्छ भन्ने धार्मिक बिश्वास रहेको छ ।

पशुपतिनाथ दर्शन गर्न पुगेका हिन्दु नारीहरुले यस वर्ष बिगत बर्ष भन्दा पशुपति नाथ मन्दिरमा दर्शनका लागि सहज भएको बताएका छन ।

यता, पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाइएको जनाएको छ । कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको पनि बताएको छ ।

तीजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिव ४ हजार सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । चार वटै सुरक्षा निकायबाट परिचालन गरिएका सुरक्षाकर्मीहरुले हरेक लाईनमा बसेर सुरक्षा दिईरहेका छन । विगत वर्षहरुमा भन्दा यस वर्ष तीजमा पशुपतिनाथमा दर्शनार्थी बढेको कोषको दावी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);