करोडौंमा पनि बनेन डीपीआर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

करोडौंमा पनि बनेन डीपीआर

khane pani

काठमाडौँ, १६ भदौ । धौलीगाड बृहत खानेपानी आयोजना एक दशकदेखि अलपत्र छ। कर्णाली प्रदेशकै ठुलो भनिएको यो आयोजनाको डीपीआर बनाउने भन्दै करोडौं रकम खर्च भइसकेको छ। तर हालसम्म आयोजनाको अन्तिम डीपीआर नै बनेको छैन। डीपीआर नबन्दा आयोजना निर्माणको काम अलपत्र छ।

आयोजना निर्माणका लागि डिजाईन असफल भएको भन्दै पटकपटक डीपीआर बनाउने गरिएको छ। सुरुमा बनेको डीपीआर अनुसार केही काम पनि भयो। तर त्यो डीपीआरले काम नगरेको भन्दै बिचमै काम रोकियो। यही आयोजनाका लागि हालसम्म तीन पटक डीपीआर बनाउने कामभयो। तर डीपीआरको अन्तिम टुंगो लागेको छैन।

डीपीआर नबनेका कारण आयोजनाको बाँकी काम सुरु भएको छैन। यसअघि आयोजनाको च्याम्बर, इन्टेक र पर्खाल निर्माण तथा पाइप खरिदका नाममा सात करोडभन्दा बढी रकम खर्च भइसकेको छ। तर अहिले आयोजनाको नयाँ डीपीआर बनाउने काम भइरहेको छ। पटकपटक डीपीआर बनाउने नाममा करोडौं रकम अनियमितता भएको स्थानीयको आरोप छ। प्रथम डीपीआर अनुसार आर्थिक वर्ष २०६६/६७ देखी आयोजनामा निर्माणको काम सुरु भएको थियो। याे समाचारअन्नपूर्ण पोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);