जीवित कुमारीको मासिक भत्ता ५० हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जीवित कुमारीको मासिक भत्ता ५० हजार पुग्यो

Goddess-Kumari-of-nepal

काठमाडौँ, १६ भदौ । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेशलाई  दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ। त्यसैगरी जीवित कुमारी र जीवित कुमारीको स्याहार-सुसार गर्ने चिताइदाराको पनि मासिक भत्ता वृद्धि भएको छ।

आइतबार राजधानीमा आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेश श्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजना गरेको कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषण गरेका हुन्।

मेयर शाक्यको घोषणा अनुसार अब हरेक महिना पूर्वकुमारीले १५ र पूर्वगणेश र पूर्वभैरवले १२-१२ हजार प्राप्त गर्नेछन्। पूर्वकुमारीले भने १५-१५ हजार प्राप्त गर्नेछन्। यस अघिसम्म पूर्वभैरव र गणेशले ८-८ हजार र पूर्वकुमारी र चिताइदारले १०-१० हजार प्राप्त गर्दै आएका थिए। त्यसैगरी जीवित कुमारीले ४०-४० हजार प्राप्त गर्दै आएका थिए। अब उनीहरुले ५०-५० हजार प्राप्त गर्नेछन्। पूर्वकुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना छन्।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ। महानगरपालिकाले सो समितलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो। यो वर्षदेखि करिब २४ लाख रुपयौँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ। ०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख सहयोग गर्दै आएको थियो। अब सबै रकम महानगपालिकाले नै सहयोग गर्नेछ। याे समाचारअन्नपूर्ण पोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);