माझी-मुसहरलाई हात्ती सफारी | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

माझी-मुसहरलाई हात्ती सफारी

राजेन्द्र आचार्य
चितवन, १६ भदौ । चितवनमा बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले ३० औँ स्थापना दिवस मनाएको छ । ३० औँ स्थापना दिवसको अवसरमा वन वन्यजन्तु र जैविक विविधता संरक्षणमा स्थानीयलाई अग्रसर गराउने अभियान अन्तर्गत वनमा नै निर्भर रहेका आफ्नो उपभोक्ता समेत रहेको माझी मुसहरहरुलाई हात्ती सफारी गराएको अध्यक्ष जीतु तामाङ्गले जानकारी दिनुभयो ।

वन संरक्षणबाटै वनले अहिले मनग्य आम्दानी गरिरहेको छ । कार्यक्रम अन्तर्गत मालपुर बस्तीका करिब ४० जना मुसहरलाई हात्ती चढाइएको थियो । आर्थिक अभावका कारण अहिलेसम्म हात्ती चढ्न नसकेका मुसहर समुदायलाई हात्ती सफारीको आनन्द दिलाउन सफारी गराइएको आयोजकले जनाएको छ । हात्ती सफारीपछि मुसहर समुदाय हर्षित देखिएका थिए ।

सो समूदायिक वनले मुसहरहरुलाई वनप्रतिको निर्भरता हटाउन मुसहरहरुलाई सिलिण्डर ग्यास, सीपमुलक कार्यक्रम, शिक्षामा लगानी, स्वास्थ्य बीमा लगायतका मुसहर केन्द्रित कार्यक्रम गरिएको पनि कार्यक्रममा जानकारी गराएको छ ।

मुसहर र हात्ती बीचको सम्बन्ध रहेको भन्दै हात्ती जोगाउनुपर्छ भन्ने भावनाको विकास गर्न सफारी गराइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले जनाएको छ ।

मानव वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणको लागि सो सामुदायिक वनले मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिसंगको सहकार्यमा निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउन सुरु गरेको छ । वनले संरक्षण गरेकै कारण बार्षिक साढे २ करोड आम्दानी गरेकोमा ८० लाख रुपैयाँ हात्ती सफारीबाट हुने पनि वन कार्यालयले जनाएको छ ।