नागढुंगा सुरुङ मार्गको डीपीआर १ महिनाभित्रै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागढुंगा सुरुङ मार्गको डीपीआर १ महिनाभित्रै

surung_marga

काठमाडौं, २३ पुष । नागढुंगा सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अबको एक महिनाभित्र तयार हुने सडक विभागले जनाएको छ। विभागको वैदेशिक महाशाखाले दिएको जानकारीअनुसार फेबु्रअरी महिनाको अन्तिममा डीपीआर तयार हुनेछ।

महाशाखाका इन्जिनियर छविलाल पौडेलले कन्सल्टेन्टले डीपीआर फेबु्रअरी महिनाको अन्तिमसम्म तयार पार्ने बताउनुभयो। ‘कन्सल्टेन्टले डीपीआर बनाउने अन्तिम डेडलानइन फेबु्रअरी भनेको छ। त्यहीअनुसार काम अगाडि बढिरहेको छ। डीपीआरको काम अन्तिम चरणमा पुगेको जानकारी आएको छ।’ –उहाँले बताउनुभयो।

डीपीआर जापानी कन्सल्टेन्सीले तयार पारिरहेको विभागले जनाएको छ। डीपीआर कन्सल्टेन्टले २०१७ को मार्च महिनाको अन्त्यतिरबाट शुरू गरेको थियो। डीपीआर अबको १ महिनामा विभागमा आइपुगे असारदेखि काम शुरू गर्ने गरी ठेकेदार कम्पनी नियुक्त गर्ने प्रक्रियामा लाग्ने विभागको तयारी छ।

देशको राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बन्ने उक्त सुरुङ मार्ग अन्तर्राष्ट्रियस्तरको हुने विभागको दाबी छ। विभागले सुरुङ मार्गसम्म पुग्ने सडक बनाउन चाहिने जग्गा अधिग्रहण गर्ने तयारी गरिसकेको छ।
विभागले सुरुङ मार्गको पूर्वपट्टि बलम्बु, महादेवस्थान, थानकोट, दहचोकलगायतका स्थानको ४ सय ३७ कित्तामा रहेको २ सय ६६ रोपनी जग्गा अधिग्रहण गर्न सूचना निकालिसकेको छ।

२५ किलोमिटर लम्बाइ रहने शुरूङमार्ग जापानी सहयोग नियोग जाईका को ऋण सहयोगमा निर्माण हुन लागेको हो। शुरूङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबीसेसम्म निर्माण हुनेछ।
शुरूङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले शुरूङ मार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रूपियाँ बजेट विनियोजन गरिसकेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता भइसकेको छ।
जाईकाले १ प्रतिशत सहुलियत ब्याजदरमा नेपाललाई ऋण उपलब्ध गराएको हो भने बाँकी रकम नेपाल सरकारले बेहोर्ने विभागले जनाएको छ। उक्त ऋण भुक्तानी गर्ने अवधि ४० वर्षको हुने बताइएको छ। राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा शुरूङ निर्माण भएमा ट्राफिक समस्या समाधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने अनुमान विभागको छ।

सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनुका साथै ट्राफिक जामसमेत हुने गरेको थियो।

खाजाघरदेखि शौचालय, पसल, सर्भिस सेन्टरलगायतका सुविधा हुनेछन्। शुरूङमार्गमा २ लेनको गाडी आवत–जावत गर्न मिल्ने गरी निर्माण हुनेछ। शुरूङमार्गभित्रै पेट्रोलपम्पसमेत रहनेछ। शुरूङभित्र पार्किङ, फुटपाथ र रिपेयरिङ सेन्टरसमेत रहने बताइएको छ।

थानकोटदेखि नागढुङ्गा हुँदै यो शुरूङ मार्ग धादिङको सिस्नेखोलामा निस्कने गरी डिजाइन तयार पारिएको छ। शुरूङ मार्गको सम्भाव्यता अध्ययन पनि जापानी सहयोग संस्था जाईकाले नै गरेको थियो।
विभिन्न सडक खण्डमा शुरूङ मार्गको आवश्यकता उठाइँदै आए पनि अहिलेसम्म नेपालमा एउटा पनि शुरूङ मार्ग बनेको छैन। वैकल्पिक सडक नहुँदा नागढुंगा–थानकोट खण्डमा लामो दूरीका सवारी साधनहरू घण्टौं जाममा पर्ने गरेका छन्।

त्यसको लिंक रोड काठमाडौंको सीतापाइलासम्म हुनेछ। परियोजनाको सम्भाव्यता अध्ययन जाइकाले पूरा गरिसकेको भए पनि मुअब्जा दिनेदेखि धेरै कामहरू पहिला सक्नुपर्ने हुनाले काम भने सन् २०१९ मा आरम्भ हुनेछ।

करिब ५ वर्षभित्र निर्माण सकिने लक्ष्यसहित योजना अघि बढेको हो। यसको लागि सरकारले स्रोत व्यवस्थापन गरिसकेको छ। सो योजना सन् २०२२ सम्ममा पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);