बीपी राजमार्ग जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बीपी राजमार्ग जोखिममा

bp rajmarga

काठमाडौँ, १५ भदौ । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ। सडक साँधुरो हुँदा सवारी साधन आवतजावत गर्न नै कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो।

निर्माण सम्पन्न भएको पाँच वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने काम अगाडि बढाएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताउनुभयो।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढ्नेछ।

आयोजना प्रमुख भाटले खुर्कोट–सिन्धुलीगढी हुँदै चिया बगानसम्मको सडकको भने डीपीआर नगर्ने बताउँदै खुर्कोट चियाबगान सुरुङ मार्गको अध्ययन गराइने जानकारी दिनुभयो। याे समाचार नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);