गौहत्या प्रकरण घटना लुकाउन खोजिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गौहत्या प्रकरण घटना लुकाउन खोजिँदै

coww

काठमाडौँ, १५ भदौ ।  नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख डा. धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन् ।

तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन् । सो प्रकरणपछि चौतर्फी विरोध भएको छ भने घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिएको छ । गृह मन्त्रालयले मृत भेटिएका ३० वटा गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ । गाई मारिनुको कारणबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन गृहले समितिलाई निर्देशन दिएको छ ।

छानबिन समितिका संयोजक सागरमणि पाठकले घटना संवेदनशील भएकाले दोषी पत्ता लगाई कारबाहीको सिफारिस गरिने बताए । उनले एक–दुई दिनभित्रै घटनास्थल पुगेर सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाए । याे समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);