सीतापाइला-नौबिसे सुरुङ मार्ग निर्माणले गति लियो | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

काठमाडौँ, २ कार्तिक । नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ। राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ।

यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए। २ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो। सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ। आजको नेपाल समाचारपत्रमा खबर छ।

ताजा समाचार