सचिवहरुको दौडधुप सुरु, अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, २ कार्तिक । महत्वपूर्ण, शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुले दौडधुप सुरु गरेका छन्। अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पाँच वर्षे सेवाअवधि सकिएकाले कात्तिक २ देखि अवकाश पाएका छन् भने सरकारले आगामी कात्तिक ६ वा ७ मा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने सम्भावना छ।

अर्थ र शिक्षा सचिवले बिहीबार अवकाश पाउने भएपनि तिहार बिदा परेकाले बुधबारै बिदा लिइसकेका छन्। ३० मन्त्रालयमध्ये सबैभन्दा आकर्षक मानिएका गृह, अर्थ र शिक्षामा जान सचिवहरुले दौडधुप सुरु गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतकाअनुसार कार्यालयका सचिव शंकरप्रसाद अधिकारी भएसम्म मुख्यसचिव र नभए अर्थसचिव बन्नका लागि तीव्र दौडधुपमा छन्।

अर्थमै जानका लागि मन्त्रिपरिषद कार्यालयकै केदारबहादुर अधिकारी, सामान्य प्रशासनका मोहनकृष्ण सापकोटा, आपूर्तिका कृष्णप्रसाद देवकोटा, अर्थकै राजस्वसचिव शिशिरप्रसाद ढुंगाना, श्रम तथा रोजगारका लक्ष्मणप्रसाद मैनाली, अख्तियारका राजन खनाललगायतले कसरत गरेका छन्।

अर्थ मन्त्रालय ताकेर दौडधुपमा लागेका सबै सचिवको त्यसपछिको लक्ष्य भने गृहसचिव बन्नेछ। कात्तिक पहिलो साताभित्रै गृह मन्त्रालय खाली हुने सम्भावना रहेपछि अर्थ ताकेर बसेका अधिकारी, सापकोटा, मैनालीका साथै उद्योगका शंकरप्रसाद कोइरालाले त्यहाँ जाने इच्छा राखेका छन् ।

गृहका लागि दौडधुप गरिरहेका सचिवहरुले शिक्षा मन्त्रालयको सचिवका लागिसमेत मरिहत्ते गरिरहेका छन्। प्रशासन सेवाको तीनओटा सचिव रिक्त भएपछि वरिष्ठ सहसचिवको छिट्टै सचिव बन्ने ढोका खुल्ने भएको छ। तीनमध्ये एकजना ज्येष्ठताका आधारमा सिफारिस हुने छन् भने बाँकी दुईजनाका लागि तेब्बर संख्यामा सिफारिस गर्नुपर्ने प्रावधानअनुसार ६ जना वरिष्ठ सहसचिव सिफारिसमा पर्ने भएका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);