मुख्यसचिव बन्न दौड सुरू : 'सिस्टम' बिगार्ने सुवेदी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुख्यसचिव बन्न दौड सुरू : ‘सिस्टम’ बिगार्ने सुवेदी

काठमाडौँ, ८ असोज । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन्। ‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले भने । उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए।

क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।तत्कालीन मुख्यसचिव डा।सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

दौडमा तीन सचिव

मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’

तर, मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् । ‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने । उनले थपे, ‘ब्युरोक्रेसीलाई एउटा नम्र्स र सिस्टममा चलाउन पनि ज्येष्ठता र कार्यसम्पादन दुवैलाई महत्वपूर्ण आधार बनाएर मुख्यसचिव नियुक्ति गर्नुपर्छ ।’ज्येष्ठताका आधारमा पहिलो नम्बरमा अधिकारी, दोस्रो नम्बरमा उपाध्याय र तेस्रो नम्बरमा गृहसचिव रेग्मी हुन् ।

अर्का प्रतिस्पर्धी ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने सम्भावना निकै न्यून छ । उनको राजनीतिक दलका नेतासँग खासै निकट सम्बन्ध छैन । मन्त्रीहरूले गर्न खोज्ने खराब काममा यिनले साथ नदिने गरेको भए पनि उनीमाथि निर्णय क्षमता कमजोर रहेको आरोप लाग्ने गरेको छ । उपाध्याय मुख्यसचिव नभए पनि ०७५ साल ६ साउनसम्म सचिवका रूपमा कार्यरत रहनेछन् ।

‘सिस्टम’ बिगार्ने सुवेदी

२० साउन ०७५ सम्म कार्यकाल भएका तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी मुख्यसचिव पद त्यागेर १ साउनदेखि एडीबीमा जागिर खान गएका थिए । मुख्यसचिवको पद बीचैमा छाडेर हिँडिदिएपछि मुख्यसचिवको अनुमानयोग्य बढुवा प्रणाली नै बिग्रन पुगेको थियो । सुवेदी तोकिएको कार्यकाल मुख्यसचिवका रूपमा रहेको भए हालका मुख्यसचिव क्षत्रीले मुख्यसचिव हुने अवसर पाउँदैनथे भने मुख्यसचिव बन्ने दौडमा रहेका रेग्मी, अधिकारी र उपाध्याय कसैको पनि मुख्यसचिव बन्ने सम्भावना रहँदैनथ्यो । सुवेदीभन्दा पहिला उनीहरू सबै सेवानिवृत्त हुन्थे ।

एडीबीमा जागिर खान नगएर २० साउनसम्म मुख्यसचिव सुवेदी कार्यरत भइरहेको भए त्यतिबेला ज्येष्ठ सचिवका रूपमा लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मी र ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायबीच मात्रै मुख्य सचिवका लागि प्रतिस्पर्धा हुने अवस्था थियो । तर, अहिले भने उनीहरू दुवैको मुख्यसचिव हुने बाटो बन्द भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);