सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

griha mantralaya

काठमाडौं, ६ माघ । सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ ।

अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा निवृत्त हुने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो ।

अर्थ मन्त्रालयका सचिव खनाल, गृह मन्त्रालयका सचिव राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका हुन् ।

उनीहरूको अवकाश सँगसँगै हालका चार जना वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);