लुम्बिनी विकास कोषमा २२ को आवेदन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

लुम्बिनी विकास कोषमा २२ को आवेदन

लुरकारले लुम्बिनी विकास कोषको रिक्त सदस्य–सचिव पद पहिलोपटक खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने भएको छ।

lumbini bikash kosh

प्रशान्त वली,

काठमाडौं, ७ माघ । लुरकारले लुम्बिनी विकास कोषको रिक्त सदस्य–सचिव पद पहिलोपटक खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने भएको छ।कोषको गुरुयोजना प्रभावकारी बनाउन उक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस पदका लागि २२ जनाको निवेदन परेको छ।

आवेदन दिनेमा भेषनारायण दाहाल, ज्ञानिन राई, ध्रुवनारायण पाण्डे, रत्नविक्रम स्याङ्बो, भेषराज आचार्य, शिव अर्याल, अनिता ढुंगाना शाह, सब्बीर अहमद खान, कृष्णकुमार राई, नवलकिशोर यादव र बालचन्द्र मिश्र हुनुहुन्छ।यसै गरी हरिध्वज राई, हिमालकुमार उप्रेती, रामेश्वर श्रेष्ठ, पुनमकुमारी अग्रवाल, वज्रमुनि वज्राचार्य, गीताकुमारी चौधरी, लक्ष्मीप्रसाद महर्जन, अजितमान तामाङ, शम्भुप्रसाद घिमिरे, रामदेव यादव र मनीष कर्णले पनि आवेदन दिनुभएको छ।

आवेदकमध्ये अजितमान सोही कोषका पूर्वसदस्य–सचिव, ज्ञानिन उपसचिव, हरिध्वज कोषका सूचना अधिकारी, नवलकिशोर कम्प्युटर अधिकृत, भेषनारायण पुरातत्त्व विभागका महानिर्देशक, हिमाल पुरातत्त्व अधिकृत, ध्रुवनारायण संग्रहालय अधिकृत रहेको बुझिएको छ।

गत पुस १७ गते बसेको मन्त्रिस्तरीय निर्णयले उक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने निर्णय गरेको थियो। आवेदकले व्यावसायिक कार्ययोजना र विषयवस्तुसम्बन्धी ज्ञानको प्रस्तुतीकरण गर्नुपर्नेछ। लुम्बिनी क्षेत्रको पहिचान, व्यवस्थापन, सम्पदा, पुरातत्त्व, बुद्धिजमलगायतका विषयमा जानकार व्यक्ति उक्त पदमा नियुक्त हुन सक्नेछ। आवेदक भेषनारायणले सरकारको यस्तो निर्णय सकारात्मक रहेको बताउनुभयो।
कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले लुम्बिनीलाई राष्ट्रिय गौरवको योजनाका रूपमा विकास गर्ने सक्षम व्यक्ति सदस्य सचिवमा नियुक्ति हुने आशा व्यक्त गर्नुभयो। राजनीतिक चलखेलका कारण १० वर्षमा सम्पन्न भइसक्ने लुम्बिनी विकास गुरुयोजनाका काम ४० वर्षसम्म पूरा हुन नसकेको दाबी गर्नुभयो।

खुला प्रतिस्पर्धाबाट उक्त गुरुयोजनाका बाँकी रहेका कामलाई पाँच वर्षभित्र पूर्णता दिने विषयगत दक्षता भएको व्यक्ति नियुक्त हुने विश्वास गर्दै उपाध्यक्ष त्रिपाठीले नियुक्ति प्रक्रियामा पहिले जस्तै राजनीतिक चलखेल हुन नहुने बताउनुभयो।

सन् १९७८ मा पहिलोपटक लुम्बिनी विकास गुरुयोजना बनेको थियो। कोषको गुरुयोजना बनेपछि केन्द्रीय नहर निर्माण कार्य सम्पन्न, पवित्र उद्यान क्षेत्रको काम, ८ वटा भवनमध्ये २ वटा भवन निर्माण, म्युजियम र अनुसन्धान केन्द्र निर्माण कार्य मात्र सम्पन्न भएको कोषले जनाएको छ। स्मरणीय छ, उक्त कोषको संरक्षकमा प्रधानमन्त्री र अध्यक्षमा संस्कृतमन्त्री रहने प्रावधान छ।आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);