मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ताकाे आव्हान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ताकाे आव्हान

nirbachan aayog

काठमाडौं, १६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ ।

यो अवधिमा दलको लेखापरीक्षण लगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन आयोगले सबै दललाई आग्रह गरेको छ । नेपालको संविधानको धारा २ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था अनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार, २०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो ।

यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्ने छैन । २०७४ को निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेकाले उपनिर्वाचनका लागि यो दल पनि निर्वाचन आयोगमा दर्ता हुनुपर्ने छ ।

त्यस्तै, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले पनि उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्ने छ । यसअघि ०७४ मा तीन तहमा निर्वाचन भएको थियो । तर विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५१ स्थानहरू हाल रिक्त छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);