हरितालिका तीजका लागि पशुपति दर्शनको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हरितालिका तीजका लागि पशुपति दर्शनको सम्पूर्ण तयारी पूरा

teej

काठमाडौं, १५ भदौ । पशुपति क्षेत्र बिकास कोषले हिन्दु नारीहरुको महान पर्व तीजका लागि पशुपति नाथ दर्शनको लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि ४ वटा मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीको सुरक्षाको लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभाग र कोषका सुरक्षाकर्मीहरु परिचालन गरिएको कोषले जनाएको छ ।

सोमबार हरितालिका तिजका लागी ब्रत बसेका महिलाहरुलाई पशुपति नाथको दर्शन एवं पुजा गराउने लगायतका सबै व्यवस्था पूरा गरिएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । कोषले पशुपथिनाथ मन्दिरको दर्शनका लागि गुहेश्वरी, जयवागेश्वरी, एयरपोर्ट र बत्तिसपुतली गरी ४ वटा मार्गको व्यवस्था गरेको कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिनुभयो ।

दर्शनार्थीका लागि मन्दिरका चारै ढोका बेलुकी ८ बजेसम्म खुला गरिने जनाइएको छ । तीजमा मन्दिर परिषरमा दर्शनार्थीको भीड बढी हुने भएकाले महंगा गर गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन कोषले भक्तजनलाई आग्रह गरेको छ ।

teej tayari

पशुपतिको नियमित दर्शन गर्नेका लागि भने बिहान ६ बजे अघि नै भुवनेश्वरी चोकस्थित सानो फलामे ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । तीजको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी आइतबार देखि नै एकीकृत सुरक्षा योजना बनाई कार्यान्वयन गरिएको पनि कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);