कृषि पेशामा लाग्ने सबै सफल नै हुन्छन् ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कृषि पेशामा लाग्ने सबै सफल नै हुन्छन् ?

krishi asafal

सुरेन्द्र भण्डारी
झापा, १५ भदौ
। पछिल्लो समयमा कृषिबाटै आयआर्जन गर्ने उद्देश्यले धेरैले पशुपालन व्यवसायबाट आर्थिक उपार्जन गरेका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य बिकल्प नभएपछि पशुपालन व्यवसायलाई अंगाल्ने गरेका छन् । व्यवसायिक पशुपालन गर्ने मध्ये कति कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानी समेत उठाउन नसकेर घाटा व्यहोरेका उदाहरण प्रशस्त भेटिन्छन् ।

आजभोलि कृषिमा लागेर मनग्ये आम्दनी गर्नेहरुको धेरै कथाहरु सञ्चार माध्यममा देखिन्छ, सुनिन्छ । तर कृषिबाट नै केही गर्छु भनेर लागि पर्ने सबैले सफलता पाउन सकेका छैनन् । बजारको अवस्था, आवश्यक दक्षताको कमी जस्ता कारणहरुले धेरैले असफलता पनि हात पारेका छन् ।

झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गाका लीला चिमरिया, हरि कार्की लगायतले पशुपालन व्यवसाय सञ्चालन गर्दा ठूलो आर्थिक घाटा व्यहोर्नु परेको छ । गाई पालन व्यवसाय सञ्चालन गर्दा मनग्ये आम्दानी हुन्छ भन्ने सुनेकै भरमा यो व्यवसायमा लगानी गर्नुभएका उहाँहरुले घाटा व्यहोर्नु पर्‍यो ।

सुर्याेदय कृषि फर्म दर्ता गरेर पाँच वर्ष अघि कनकाई नगरपालिका– २ स्थित सुरुङ्गामा पाँच जना साथीहरु मिलेर १०/१० लाख रुपैँया लगानी गर्दै गाईपालन शूरु गरेका थिए । तर गाईको दुध विक्री गर्न नसक्दा फर्म बन्द गर्नू परेको चिमरियाको भनाई छ ।

गाई पालन व्यवसाय सञ्चालन गर्न कुमारमणि पोखरेल, लीला चिमरिया, इसु मित्तल, हरि कार्की, खगेन्द्र सापकोटाले शुरुमा लगानी गरेका थिए । एक सयवटा उन्नत जातका खशी, एक सय पाडा, एक सय गाई र दुई हजार वोइलर कुखुरा पाल्ने सोचका साथ व्यवस्थित फर्म सञ्चालन गरेपनि सफल हुन नसकेको हो ।

नेपाल वहुउद्देश्यीय सहकारी संस्थाको पुर्ण स्वामित्वमा रहेको एनएमसी डेरी उद्योगले शुरुमा दुध लाने गरेपनि पछि दुध नलिएपछि दैनिक चार पाँच सय लिटर लिटर दुध फाल्नु परेको फर्म सञ्चालक हरि कार्कीको भनाई छ ।

ठूलो योजनाका साथ फर्म सञ्चालन गरेपनि दुधले मूल्य नपाएकै कारण अहिले बनाएको गाई गोठ भत्काइरहेका छन् । विचौलीयाका कारण कृषक मारमा पर्दा समेत राष्ट्रिय उपभोक्ता मञ्चले कृषकको पक्षमा नबोलेको कार्कीको दुखेसो छ ।

प्रदेश १ कै ठूलो कृषि फर्म बनाउने सपना देखेपनि आफुहरु सफल हुन नसकेको उनीहरुको भनाई छ । गाईको दुध बिक्री नहुँदा पनिर उत्पादन गरि बेच्दा समेत लागत नउठेपछि सुरुङ्गामा सञ्चालित गाईफर्म पुर्णरुपमा बन्दै गरी गोठ भत्काउन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);