मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत स्थानीय कृषक समूहलाई उन्नत जातको बोयर बोका हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत स्थानीय कृषक समूहलाई उन्नत जातको बोयर बोका हस्तान्तरण

बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाद्वारा मंगलबार मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत स्थानीय कृषक समुहहरुलाई उन्नत जातको १००% बोयर बोका गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदिले १००% अस्ट्रेलियन बोयर बोका हस्तान्तरण गरेका छन्।

उन्नत जातको बोयर बोका प्रति बोका २ लाख ५० हजारका दरले खरिद गरिएको हो। जसमध्ये ७०%-३०% अनुसार किसानलाई प्रतिबोका १ लाख अनुदान प्रदान गरिएको छ भने प्रति १००% बोयर बोका १ लाख ५० हजार कृषकले बेहोर्ने गरि अनुदानको बोका उपलब्ध गराईएको हो।

अध्यक्ष लाल बहादुर श्रेष्ठ यसो भन्नुहुन्छ : बर्दिया जिल्ला धान उत्पादनका लागि अग्रनि स्थानमा छ र उत्कृष्ट मानिन्छ। हाम्रो मुख्य उदेश्य भनेको आगामी दिनहरुमा यहाँका कृषकलाई ब्यवसायिक कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउनु का साथै युवाहरूलाई वैदेशिक रोजगारको विकल्प दिएर आफ्नो स्थानीय स्तरमै बाख्रा पालन गरे मनग्ये आम्दानी गर्न सकिन्छ ।

युवाहरूलाई आकर्षक रोजगारी र आय आर्जन जोडने उदेश्यका साथ गाउँपालिकाले कृषि तथा पशुपालन गर्न चाहने युवा कृषक लक्षित कार्यक्रम गर्दै आएको छ अस्तैखाले उदेश्य प्राप्तिका आगामी दिनहरुमा यहाँका स्थानीय किसानलाई निरन्तर गाउँपालिका स्थानीय सरकारद्वारा यस्ताखाले कार्यक्रम गर्न अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए। बोयर बोका प्राप्त गर्नेमा नमुना बाख्रा पालन फर्म ,शान्तिक्षेत्री पशुपालन फार्म,रोजिना बाख्रा पालन फार्म,धनलक्ष्मि बाख्रा फार्म ,पन्चासे बोयर बाख्रा फार्म ,आचार्य एकीकृत कृषि फार्म र पर्बत बहुउद्देश्यीय कृषि फार्म लाई बोयर बोका प्रदान गरिएको छ। स्थानीय कृषक मिन बहादुर क्षेत्रीले २०७२ साल देखि बाख्रा पालन गर्दै आएका छन् ।

शुरूवात १० लाख लगानी गरेर अस्ट्रेलियन बोयर बोका र पाठि ६० वटा लोकल सहित बोयर बोका खारिद गरेर ब्यवसायिक रूपमा बाख्रा पालन शुरु गरेको हाल उनीसँग ६० बाख्रा छन् ।हालसम्म १०० वटा बाख्रा र बोका बिक्री गर्न सफल भएका छन्। क्षेत्रीले २ बिघा जग्गामा घाँस लगाएर बधुवा बाख्रा पालन गर्दै आएका छन्। वैदेशिक रोजगार बाट फर्केपछि बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएको बताएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);